करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर / उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका-६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको मृत्यु भएको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ वर्षीय विपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।


मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।
Facebook Comments Box