विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउन गएको समाजवादी विद्यार्थी युनियनको टोलीलाइ शिक्षामन्त्रीले समय नदिएको भन्दै सो विद्यार्थी संगठनले आपत्ती प्रकट गरेको छ ।
सत्तारूढ दल समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले शिक्षामन्त्रीले समय नदिएको बताएको छश्र ।
त्रिभुवन विश्वविद्यालयलगायत सात वटा विश्वविद्यालयमा उपकुलपति खाली छ यो बेला राज्यले दलीय भागबन्डामा नभइ स्वच्छ प्रतिष्पर्धाका आधारमा नियुक्तीको माग राखेर संगठनले ज्ञापनपत्र बझाउन खोजेको थियो । शिक्षामन्त्रीले पटक पटक बेवारुस्ता गर्दै समय नदिएपछी आज संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको यस्तै रबैया हो भने अब कालो झण्डासहित सडकमा भेट हुने भन्दै आपत्ति जनाएका छन ।
गत भदौ ५ गते नै उपकुलपतिहरूको चार वर्षे कार्यकाल सकिए पनि उपचारका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री सिंगापुर रहेकोले उपकुलपति नियुक्तिमा ढिलाइ भैरहेको छ । सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा उपकुलपति खोज्न सर्च कमिटी पनि बनाइएको छ तर त्यसले पनि केही परीणाम दिन सकेको छैन ।
‘विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई लिएर शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराउन समय माग गरेका थियौं, पाँच दिन भइसक्यो समय दिनुभएन,’ युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले भने ।
युनियनले दलिय भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । खुला प्रतिस्पर्धाबाट योग्य प्राज्ञिक व्यक्तिलाई उपकुलपति बनाउनुपर्ने माग उनीहरूको छ।
‘अब पनि दलीय भागबन्डामा जाने र पदाधिकारी नियुक्ति गर्ने हो भने पदाधिकारीलाई विश्वविद्यालयमा निषेध र सडक संघर्षमा जान्छौं,’ श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ । शिक्षा मन्त्रीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनलाई मात्रै भेट्न समय दिने गरेको आरोप श्रेष्ठले लगाए ।

Facebook Comments Box