आज झापा ११ र पुलिस भिड्दै

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकपमा आज उपाधिका दाबेदार मानिएका दुई टोली झापा ११ र नेपाल पुलिस क्लब आमनेसामने हुदैछन् । खेल आज दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।चिरपरिचित प्रतिस्पर्धी यी दुई टोलीबीचको विजयी टोलीले आगामी मंगलबार अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफसँग क्वाटरफाइनल खेल्नुपर्नेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि शनिबार भएको उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस क्लबलाई पराजित गर्दै सिक्किम आक्रमन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अब संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईजले प्रतिस्पर्धा गर्दैछन् ।

