बेलबारीबाशीका घर–घरमा पुगेर सेवा दिदै डा. सुनिल शर्मा

नोबेल अस्पताल बिराटनगरका सञ्चालक डा.सुनिलकुमार शर्मा आफ्नो निर्वाचन क्षेत्रका जनतालाइ गाँउघरमै पुगेर पुर्याउदै आएको स्वस्थ्य उपचार सेवालाइ निरन्तरता दिइरहेका छन ।
यतिबेला शार्म बेलबारीका घर–घरमा पुगेर गरिब तथा असहाय बिरामीहरुको उद्धार र उपचारमा सक्रिय भएका छन ।


मोरङको क्षेत्र नम्बर ३ मा पर्ने बेलबारीबाट दैनिक ४ जना बढी बिरामीहरुलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याउने र निशुल्क उपचार पछि घर फर्काउने कार्य समेत भईरहेको छ । बुधबार बिहान मात्र डा. शर्मा आफै बेलबारी ४ धरहरामा पुगेर ७९ बर्षिया साबित्रा कट्टेललाई निशुल्क उपचारका लागी नोबेल अस्पताल लगेका छन ।
सो क्षेत्रबाट दैनिक गरिब र असाहय बिरामीको पहिचान गरी अस्पताल पठाउने कार्यमा बेलबारीका सामाजिक तथा राजनीतिक ब्यत्तित्व राजकुमार लिम्बु,चन्द्र लिम्बु (लुङगा) लगायत जुटेका छन । बुधबार बिहान पनि डा. शर्मा सँगै लिम्बुद्धय बिरामीको घर पुगेका थिए ।बेलबारी क्षेत्रका मात्र गरिब तथा असाहय हजारौँ बिरामीहरुको निशुल्क उपचार गरिसकेको डा.शर्माले बताएका छन । उनी संघिय निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट यहि क्षेत्रबाट उम्मेदवार समेत बनेका थिए । नेकपाका भानुभत्त ढकाल सँग पराजित शर्माले यस क्षेत्रका गरिब र असाहयहरु र कुरुवालाई निशुल्क उपचारको ब्यबस्था गर्दै आएका छन ।