महराको फोरन्सिक टेष्ट पनि मिलेन -धरौटीमा रिहा हुने सम्भावना

जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज सकिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि बहस भएको हो । आजको बहसको निष्कर्षभने बाहिर आएको छैन ।


जिल्ला अदालत काठमाडौँले शुक्रवार महराको बयान लिएको थियो । विहीबार दर्ता भएको मुद्दाको बयान सकिएपनि समय अभावका कारण शुक्रबार बहस हुन सकेको थिएन ।
शुक्रबार महराले बयानको क्रममा आफूमाथि आलोको आरोप झुट भएको दाबी गरेका थिए । उनले जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै आफूमाथि राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको बताएका थिए । बयनको क्रममा महराले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गर्दै आफूलाई कसैमाथि हातपात समेत नगरेको बताएका थिए ।
शाहीसँग पारिवारिक सम्बन्ध भएको बताउँदै महराले बयानको क्रममा महराले स्वास्थ्य प्रतिकूलताका कारण शाहीले अस्पतालमा उपचार गराएको जानकारी पाएपछि विक्षिप्त अवस्था आउन नदिन सम्झाउन निजी गाडीमा सुरक्षाकर्मीसहित उक्त इलाकामा गएपनि कोठामा नपुगेको बताएका छन् । फोन सम्पर्क नभएपछि आफू फर्किएको बहराले बयन दिएका छन् ।
त्यसैगरी पीडित भनिएकी रोशनी शाहीले पनि महराले आफूमाथि करण वा बलात्कार प्रसाय नगरेको बताएकी छन् । रोशनले सार्वजनिक रुपमै संचारमाध्यमार्फत प्रहरीले लामो समयसम्म मानसिक तनाव दिएर खाली कागजमा हस्ताक्षर गर्न लगाएर उजरी तयार गरिएको भन्दै त्यो आफ्नो नभएको बताउँदै आएकी छन् ।
आजको बहसमा महराको तर्फबाट बहस गर्ने कानुन व्यवासायीले महरा धरौटीमा छुट्ने दाबी गरेका छन् । पीडित भनिएकी महिलाले नै उक्त आरोपको खण्डन गरिसकेको अवस्थामा महरालाई निर्दोष रहेको दाबी उनीहरुको छ ।
प्रहरी स्रोतका अनुसार महराको फोरन्सिक ल्यावको रिपोर्ट पनि आइसकेको र आरोप प्रमाणित भएको छैन । अब महरालाई हिरासतमा राखेर भन्दा धरौटीमा रिहा गरेर बाँकी अनुसन्धान गर्न सकिने प्रहरीको सुझाव रहेको बताइएको छ ।