मंसिर १७, २०७५ रासस / कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ। ‘किसान प्रोत्साहन कार्यक्रम’मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो। यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ।

सोको लागि नगरसभाले चालु आवमा रु १५ लाख बजेट छुट्टाएको छ। आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए। उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन्।

नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ। ुवैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भने, ुबढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् . खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ। कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो। गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। ुबसाइँसराइ बढ्दो छ, खेती घट्दै छु, उनले भने, ुपरम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ।ु मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ। स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ। नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ। किसानले पुरस्कार रकम कोदो बाली प्रवद्र्धनमै खर्च गर्नुपर्नेछ। पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ। अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो। कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ। उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ। तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ।

परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन्। कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ।

Facebook Comments Box