नयाँ कार्यालयबाट सब्जी बजार कृषी सहकारीको सेवा सुरु

दमक–६ देबकोटा चौकमा अवस्थित सब्जी बजार कृषि सहकारी संस्थाले नयाँ कार्यलयबाट आफ्नो सेवा सुचारु गरेको छ । े आफ्ना ग्राहकहरुको मागलाई ध्यान दिदैं वित्तिय तथा प्रशासनिक सेवालाई सहज र प्रभावकारी बनाउनका लागी नयाँ कार्यलय बाट स्ेवा प्ररम्भ गरीएको संस्थाका अध्यक्ष विपिन बस्नेतले जनाकारी दिए ।


गत आइतबार हाल सञ्चालनमा रहेको संस्थाको कार्यलय भएको भवनको दोस्रो तलामा कार्यालय स्थानन्तरण गर्दै सहकारील दिनमा ग्राहकहरुलाई सहज र प्रभावकारी सेवा दिने जनाएको छ । संस्थाका अध्यक्ष बस्नेतले सेयर सदस्यहरुको बृद्धिसंगै कारोबार समेत बढिरहेकाले सहजताका लागि नयाँ कार्यालय व्यवस्थापन गरिएको जानकार दिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठद्धारा सो सहकारीको नयाँ कार्यलयको समुद्घाटन भएको थियो । सो कार्यक्रममा देब दर्शन कृषि सहकारी संस्था दमकका अध्यक्ष राजकुमार खड्का, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था दमकका इश्वरी नेपाल, द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका सचिव एबम् युवा व्यवसायी ज्ञाननाथ पौडेलको लगायतको उपस्थिति रहेको थियो ।
२०७३ सालमा स्थापना भएको सब्जि बजार कृषि सहकारी संस्थामा ४ सय बढी शेयर सदस्य र रु २० लाख बढी शेयर पुँजी छ भने संस्थाले कृषि उपजको व्यवसायीकरणका लागि छरिएर रहेको पुँजीलाई नियमित बचत मार्फत संकलन गरेर आवश्यक पुँजी उपलब्ध गराउनुका साथै सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।