चार किलो सुनसहित तीनजना पक्राउ

पुस २०, काठमाडौं /  चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन् । बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका २ बस्ने २७ वर्षका सञ्जित वाइबा, नुवाकोट तारेकेश्वार गाउँपालिका ५ बस्ने २२ का सुरेन्द्र तामाङ र सोही गाउँपािलकाका वर्ष २४ का विकाश तामाङ रहेका छन्। उनीहरूको साथबाट दुई मोटरसाइकल समेत बरामद गरिएको छ ।

शुक्रबार, २० पुष, २०७५, दिउँसोको ०१:०२ बजे

सम्बन्धित खवर