वडाअध्यक्षकै नेतृत्वमा सामुदायिक प्रहरी

दमक,२० पुस /  दमक ३ मा वडास्तरिय सामुदायिक प्रहरी गठन गरिएको छ । वार्ड कार्यालयमा विहिबार भएको एक भेलाले वडाध्यक्ष नविन वरालको अध्यक्षतामा सामुदायिक प्रहरीको वडा समिति गठन गठन गरेको छ ।
१५ सदस्यीय गठित समितिको सहसंयोजकमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन,सदस्य सचिवमा प्रहरी सहायक निरीक्षक जितेन्द्र सुब्बा र सदस्यहरुमा सुकदेब लुईटेल,गजेन्द्र धिमाल,तन कुमार दाहाल,टीका ठटाल,संन्दिप सुबेदी,नैनसिहं भण्डारी,बिरेन्द्र पोखरेल,योगा घिमिरे,जीवन तामाङ,तुलसी प्रसाद निरौला,प्रकास चन्द्र पोखरेल,नरहरि दाहाल रहेका छन् ।
कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीको बिषयमा सामुदायिक प्रहरीका नगर सदस्य गणेश प्रसाद गौतमले बताएका थिए भने सामुदायिक प्रहरी साझेदारीको संरचनाको बिषयमा प्रमुख अतिथि प्रहरी निरीक्षक एक्तेनले बताएका थिए ।
यसअघि दमकका ४ वटा वडाहरुमा सामुदायिक प्रहरी गठन गरिसकेको र अन्य वडाहरुमा धमाधम गठन प्रकृया सञ्चालन भईरहेको जनाइएको छ ।

शुक्रबार, २० पुष, २०७५, दिउँसोको ०१:३० बजे

सम्बन्धित खवर