नयाँ साल परिवर्तन भएपछि मानिसले केही न केही नयाँ कुराको थालनी गर्ने बानी हुन्छ। अझै आफ्नो नराम्रो बानी छ भने छाड्ने अठोट मानिसहरूले गरिरहेका देखिन्छ। आधुनिक जीवनमा धेरै मानिस व्यस्त हुने गर्छन्, जसले गर्दा हाम्रो जीवन शैलीसमेत एकदमै अव्यवस्थित हुन्छ।

हामीले हाम्रो जीवनशैली तथा खानपानको शैलीलाई व्यवस्थित गरायौँ भने शरीरमा विभिन्न खालका रोग लाग्नबाट बच्न सकिन्छ। त्यसैले यी तरिका अपनाउनुहोस् केमा तपाईंको शरीर स्वस्थ तथा सुरक्षित रहन्छ।

चिनी कम खानुहोस् तपाईं स्वस्थ रहन चाहनुहुन्छ भने सकेसम्म गुलिया खानेकुरा तथा सुगर कम खाने गर्नुहोस्। चिनी धेरै खाने गर्नाले रक्तचाप बढ्नुका साथै रगतमा चिनीको मात्रा बढ्ने सम्भावना धेरै हुन्छ। त्यसैले केक, विभिन्न प्रकारका मिठाइहरू तथा आइसक्रिमहरू कम खाने गर्नुपर्छ।

फाइबरयुक्त डाइट खाने स्वस्थ शरीरका लागि तथा हामीले खाएको खानेकुरा राम्रोसँग पचाउनका लागि शरीरमा प्रशस्त फाइबरको आवश्यकता पर्छ। त्यसैले हामीले नियमित रूपमा फाइबरयुक्त खानेकुरा खानु राम्रो हुन्छ। फाइबरले लामो समयसम्म भोक नलाग्ने गराउने भएकाले नियमित रूपमा फाइबरयुक्त खानेकुरा खाने गर्नाले शरीरमा मोटोपनको समस्यासमेत हुँदैन।

जंकफुडबाट टाढै रहनुहोस् धेरै प्रशोधन गरिएको तथा लामो समयसम्म प्लास्टिकमा प्याक गरेर राखिएको प्याकेटको खानेकुरा खानु राम्रो हुँदैन। यसरी लामो समयसम्म प्लास्टिकमा राखिएको खानेकुरा नबिग्रियोस् भनेर विभिन्न केमिकलहरू राखिने भएकाले यस्ता केमिकलहरूले क्यान्सर, मधुमेह तथा जण्डिस जस्ता रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ।त्यसैले सकेसम्म ताजा खानेकुरा तथा फलफूलहरू खानु राम्रो हुन्छ। नियमित ब्रेकफास्ट खानु होस् स्वस्थ शरीरका लागि सबैभन्दा पहिले हामीले खाने खानेकुरा पोषणयुक्त हुनुपर्छ तथा समयमा खाने गर्नुपर्छ। एकै पटक धेरै खानेकुरा खानेभन्दा समय समयमा खाने गर्नाले राम्रो हुन्छ।

कम्तीमा पनि दैनिक चार पटक खानेकुरा खाने गर्नुपर्छ। सकेसम्म दैनिक ब्रेकफास्ट गर्नु राम्रो हुन्छ। ब्रेकफास्टमा सकेसम्म प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुपर्छ। अझै दूध, ताजा फलफूललाई ब्रेकफास्टको रूपमा खाने गरे धेरै राम्रो हुन्छ। प्रशस्त पानी पिउनुहोस् स्वस्थ शरीरका लागि प्रशस्त पानी पिउनु पर्छ।

पानी धेरै पिउनाले अल्छी नलाग्ने तथा शरीरमा अनावश्यक विकारहरू बाहिर निस्कन्छन्। प्रशस्त पानी पिउनाले विभिन्न कारणले शरीरमा भएको दुखाइ तथा माइग्रेनको समस्या हुनेहरूका लागिसमेत राम्रो हुन्छ।

Facebook Comments Box