केन्द्रीय सदस्य र सांसदहरुलाई ‘अलर्ट’ बस्न उर्दी

फागुन २०, काठमाडौं / नेकपा प्रचण्ड–माधव पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट बस्न उर्दी जारी गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जुनसुकै बेला आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट बस्न उर्दी जारी गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट म्यासेज पठाएर र केहीलाई फोनबाट यस्तो उर्दी जारी गरिएको हो ।

कार्यालयबाट गरिएको खबरअनुसार उनीहरुलाई बिहीबार दिउँसो १ बजेभित्र पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन तथा आसपासमा रहन भनिएको छ । त्यस्तै अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ । ‘पार्टीले जुनसुकै बेला खोज्न सक्ने भएकाले अलर्ट बस्न भनिएको छ ।

बिहिबार, २० फागुन, २०७७, बिहानको ११:३२ बजे

सम्बन्धित खवर