विप्लव ओली समूहमा समायोजन हुने, विप्लवलाई उपाध्यक्षको जिम्मेवारी

सिके राउत र विप्लव खुल्ला राजनीतिमा

फागुन २०,काठमाडौं /ओली सरकारबाटै राजनीतिक प्रतिबन्ध लगाइएको विप्लव समूहको नेकपा ओली समुहमा समाहित हुने संकेत देखिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई अध्यायन गर्दा विप्लव समूह ओली समूहमा समाहित हुने ओली निकट उच्च श्रोतले जनाएको छ ।

गृहमन्त्रालय सम्हाली रहेका रामबहादुर थापा बादलसमुहका एक नेताले नाम नखुलाउने सर्तमा भने — अब छिट्टै विप्लव समूह हाम्रो पार्टी अर्थात ओलीले नेतृत्व गरेको नेकपामा समायोजन हुने बचन पाएपछि विप्लव समूह खुल्ला राजनीतिमा आउन लागेको हो । उनले भने –यसबारे उच्च तहमा छलफल भइरहेको छ , केही सेटिङ मिल्न बाँकी छ । सायद विप्लव पार्टीको उपाध्यक्ष भएर आउनु हुन्छहोला , उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् ।

ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक सफलता हात पारे ।

लामो समयदेखि तराई मधेसमा पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सिके राउतलाई सहमतिमा ल्याउनुलाई प्रधानमन्त्री ओलीको ठुलो सफलता मानिएको छ ।
बिहीबार सरकार र विप्लव समूहबीचको वार्तामा तीन बुँदे सहमतिका साथ सफलतापूर्वक टुङ्गिएको छ ।

यो सहमतिसँगै विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउने भएको छ । यसलाई पनि प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण सफलताका रुपमा लिइएको छ ।
मूल धारको राजनीतिबाट पृथक बाटोमा हिँडेका सिके राउत र विप्लव समूहलाई सहमतिमा ल्याएर शान्तिपूर्ण राजनीतिक गतिविधिमा केन्द्रित तुल्याउन ओली सरकारले निर्वाह गरेको भूमिकालाई धेरैले स्वागत गरेका छन् ।

बिहिबार, २० फागुन, २०७७, बिहानको ११:५३ बजे

सम्बन्धित खवर