ज्वेलरीको उदघाटनमा स्कुटर उपहार

ज्येष्ठ नागरिक अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ

दमकमा सफल व्यवसायी चन्द्र गजमेरले शिवरात्री पर्वको अवसर पारेर सुनचाँदीको कारोबार शुरु गर्ने भएका छन् । यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोकमा नयाँ व्यवसायका रुपमा सुनका गहना उत्पादन तथा विक्री वितरण गर्ने उद्धेश्यले शुभकामना ज्वेलरी मार्फत सुनचाँदीको कारोबार शुरु गर्ने भएका हुन ।
उनले दक्ष, विश्वसनीय र सीपयुक्त कालिगढ मार्फत गरगहना उत्पादनसंगै विक्री वितरण गर्ने लक्ष्य राखिएको बताए । उदघाटनको अवसर पारेर शुभकामना ज्वेलरीले ग्राहकहरुका लागि विशेष उपहार समेत राखेको छ । सो उदघाटनको दिनदेखि एक बर्ष अर्थात आगामी २०७८ फागुन २७ गते सम्म २५ हजार मुल्य भन्दा माथिका गरगहना खरिद गर्ने ग्राहकलाई समावेश गर्ने गरी शुभकामना भाग्यशाली उपहार समेत राखिएको गजमेरले बताए ।
उनका अनुसार २५ हजार मुल्य माथिका गहना खरिद गर्ने ग्राहकलाई तत्कालै एउटा कुपन प्रदान गरिने र ग्राहककै उपस्थितीमा शिलबन्दी बक्सामा सुरक्षित राखेर शुभकामना ज्वेलरीको प्रथम बार्षिकोत्सवका दिन विशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा भाग्यशाली कुपन तानेर टिभिएस कम्पनीको स्कुटर उपहार स्वरुप प्रदान गरिनेछ ।

सो ज्वेलरीको उदघाटनका अवसरमा दमक ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको अक्षयकोषका लागि नगद २१ हजार १ सय १ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिने ज्वेलरीका सञ्चालक गजमेरले जानकारी दिए ।

निष्कर्ष न्यूजको सहयोगमा

 

बिहिबार, २० फागुन, २०७७, दिउँसोको १२:२६ बजे

सम्बन्धित खवर