श्रीमानको विदेशमा सास्ती, श्रीमतिको वडाअध्यक्षसँग मस्ती, वडा कार्यालयमै यौनसम्पर्क, वडाध्यक्ष पक्राउ

सल्यान /   वडा कार्यालयमै यौन क्रियाकलाप गर्ने सल्यानको त्रिबेणी गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै परस्त्रीगमनमा भेटिएपछि पक्राउ परेको स्थानीयले बताए ।

श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले राती घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चुकुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौन क्रियाकलाप गरेको भन्दै स्थानीयले मुद्दा दायर गरी आन्दोलनमा उत्रेका छन् ।

रातको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौन क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, २० फागुन, २०७७, दिउँसोको ०१:०६ बजे

सम्बन्धित खवर