फिल्म ‘चच हुई’ मा आर्यन र मिरुनाको जोडी

२० फाल्गुण, २०७५ काठमाडौं / फिल्म ‘चच हुई’मा नायक आर्यन सिक्देल र मिरुना मगर फाइनल भएका छन् । फिल्मलाई साम्तेन भुटियाको निर्देशन गर्दे छन् । नको हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उस्तै फिल्म निर्देशन गरिरहेको आरोप लागेको छ । तर उनले यो फिल्म कमेडी जनरामा निर्माण गर्ने भएका छन् । उनको कमेडी फिल्मको छायांकन अवधि लामो भने छैन । यसै साताबाट छायांकन सुरु गरिने फिल्मको वैशाख अन्तिममा छायांकन सकिने छ । एजीएम इन्टरटेनमेन्टको ब्यानरमा फिल्मलाई अमृत घले लामाले निर्माण गर्नेछन् । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ ।


Facebook Comments Box