२० फाल्गुण, २०७५ एजेन्सी । अभिनेत्री करीना कपूर खान ‘तख्त’ फिल्ममा देखिदै छिन् । करीना १८ वर्षपछि करण जोहरसँग काम गर्दैछन् । करीनाले तख्तमा आफ्नो भुमिका बारे खुलाउदै भनिन, ‘यो पीरियड ड्रामा फिल्म हो । यो फिल्ममा मेरो निकै फरक भुमिका रहेको छ । यसमा मेरो बादशाह बेगमको भुमिका रहेको छ ।’ करण जोहरसँग काम गर्न पाउदा निकै उत्साहित रहेको बताउदै भनिन, ‘फिल्मलाई लिएर र करणसँग काम गर्न पाउदा निकै उत्साहित छु । ’ फिल्ममा मुगल राजको विषयलाई उठान गरेको छ । यो फिल्मको लागि करीनासँगै रणवीर सिंह, आलिया भट्ट, जान्वी कपुर लगायतका कलाकार पक्का भइसकेका छन् ।

Facebook Comments Box