२६ गतेसम्मका लागि कन्काइ नगरपालिकाद्वारा अत्यावश्यक बाहेक सबै सेवा बन्द

बैकल्पिक खवर

सुरुङा / कनकाई नगरपालिकाले ९ वटै वडा कार्यालयहरुको अत्यावश्यक काम बाहेकका सबै सेवा स्थगित गरेको छ । आज बसेको नगरको बैठकले सो निर्णय गरेको हो।

आज २१ गते देखि २६ गतेसम्मका लागि स्थगित गरिएको हो । कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणले सेवा प्रवाहलाई थप जोखिम भएकोले सेवा स्थगित गरिएको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिए ।

मङ्गलबार, २१ बैशाख, २०७८, दिउँसोको १२:४९ बजे

सम्बन्धित खवर