दमकको संगम चौक–डिपुचौक सडक निर्माणको लगानी स्वीकृत

दमक, १९ श्रावण/ दमकको विकासमा संघीय सरकारले २१ करोड, विश्वबैंकले ५८ करोड लगानी गर्ने भएका छन् ।
नगरको बिकाशको लागी बिभिन्न योजना र रकम माग गर्न संघीय राजधानी काठमाण्डौमा रहेको दमक नगरपालीकाका प्रमुख, उप प्रमुखको सहितको टोली नगरको बिकाशको लागी बिभिन्न योजनाको शुनिश्चितता गरेको छ । नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकिय अधिक्रित शशी राई सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड सहितलाई भेटेर दमकको बिकाशका लागी बिभिन्न योजनाहरुमा रकम शुनिश्चितता गरेको हो ।
आफुहरुसंगको भेटमा अर्थमन्त्री शर्माले दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, र ढुकुरपानी माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागी २१ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिइन् ।
दमकको बिकाशका लागी यस अघि सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाहरुलाई प्राथमिकतामा राख्दै थप रकम प्रदान गर्न अर्थमन्त्री सहमत भएको उपप्रमुखको भनाइ छ ।
त्यसैगरी विश्व बैंकको लगानीमा शहरी विकास मन्त्रालयद्वारा पूर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका धनबहादुर श्रेष्ठको घरदेखि पश्चिमतर्फ संगम चौक हुँदै ताराबारी डिपुचोक जाने करिब ६ किलो मीटरको बाटो विश्वबैंकको लगानीमा बन्ने भएको छ । उक्त बाटो ५० फुट चौडाईको हुने छ भने त्यसका निम्ति बीच–बीचमा चाहिने पुल तथा कल्भट, सडक बत्ती साथै दुवै तर्फ साईकलको लेन समेत निर्माणका हुने बताइएको छ । जसका लागी विश्वबैंकले ५८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

