काठमाण्डौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले ७ लाख शिक्षक लाइसेन्सधारी बेरोजगार रहेको भन्दै उनले शिक्षा संकायको पढाइमै त्रुटी रहेको बताए ।

उनले अब शिक्षा संकायको पढाइ रोक्नुपर्ने बताउदै शिक्षकको उत्पादन अधिक मात्रामा भएकोले अब प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको उनको आशय थियो । अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

महोत्तरीको गौशाला नगरपालिकामा उच्च शिक्षा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले भने, शिक्षक ‘शिक्षक’ जस्तै हुनुपर्छ, न की पुरानो ढंगको शिक्षक ।’ पुरानो शिक्षा पद्धति पनि भत्काउनुपर्ने भन्दै उनले नयाा पद्धति बनेमात्रै सामुदायिक विद्यालय रुपान्तरण हुने तर्क राखे ।

Facebook Comments Box