कुम्बराज पाण्डे

माननीय योगेश भट्टराई!

सायद त्यस्तै ६ कक्षा पड्ने बेलाको होला सामाजिक किताबमा १० दिने भ्रमण शीर्षकमा एउटा भ्रमणका क्रममा देखियको पुगेको सबै कुरा लेखियको थियो त्यसैमा सबै भन्दा पहिला गोङ्गबु बसपार्कमा ओर्लियको र घर फर्कदा पनि त्यही बसपार्कबाट घर फर्कियको उल्लेख थियो। त्यति बेला मेरो मनमा कौतुहलता जाग्थ्यो त्यो गोङबु बसपार्क कता होला म ठुलो भयपछी त्यही पुग्नु पर्छ भन्ने सोच आउथ्यो अनि म सानै हुदापनी माओबादी घटक नेता कार्यक्रताले गर्ने कडा भाषण अझै मन पर्थ्यो।

तत्कालिन राजा ज्ञानेन्द्र शाहको तस्बिर रहेको हरेक किताबको गाता च्यातेर जलाउन लगाइन्थो र सायद त्यही माओवादि नेता कार्यक्रता संगकै कारणले होला ज्ञानेन्द्र शाहा भन्ने ठूलो सामन्तबादी राजा भयको ठहर गर्थे राती राती राके जुलुस गर्न भनी आफुसङैका साथी लियर निकिन्थे सलाइका काटीको बारुद ढुङ्गामा राखी पट्काउदै निरंकुश राजतन्त्रका बिरुद्धमा नारा लगाइन्थो। त्यति बेलाको कलिलो मानसपटलमा नै क्रान्ति गर्नुपर्छ हरेक नागरिक स्वतन्त्रत रहनु पर्छ भन्ने कुरा मनमा आउथ्यो। हरेक दिन प्रतिदिन हरेक ठाउमा युद्द भयको समाचार रेडियोमा सुनिन्थो। आफैलाइ धेरै माया गर्ने छिमेकी दाइलाइ जनयुद्ध कालमा शाही सेनाले सहिद बनाउदा मुटुभक्कानियर आउथो रोइन्थो। तत्कालीन शाही सेनाको दमन यति सम्म हुन्थ्यो कि गाउका आमाहरु समेत सुरक्षीत हुन सक्दैनथे। रेडियो समेत लुकाउनु पर्थो नत्र गोलि ठोक्छ भन्ने डर हुन्थ्यो। त्यति बेला तत्कालिन शाही सेना मेरा नजरमा दुस्मन लाग्थे। जनमुक्ति सेना आफ्नै मान्छे जस्ता लाग्थे।

माओवादी जनयुद्धको अन्तिम लडाइ कालिकोटको पिलिमा २०६२र४र२३ गते बिहीवारको राती भयो। म कालिकोटकै बासिन्दा भयकोले त्यो समयमा सायद बाचिन्छ होला भन्ने झिनो आस सानै हुदा पनि थिएन। पछि २०६२ मंसिरमा बृहत सान्ती सम्झौता भयो त्यस्पछी अलिक मर्ने डर हरायर गयको थियो। बिस्तारै बिस्तारै म ठूलो हुँदै गए जब उच्च शिक्षा अध्यनार्थ काठमाडौं प्रवेश गर्ने समय आयो र म उहीँ पुरानो गोङबु बसपार्क होला भन्ने सोचेर गोङबु बसपार्क ओर्लने भन्ने कुरो गरे तर गोङबु बसपार्क त छैन। नयाँ बसपार्क ओर्लनुस भनेर मलाइ म चडेको गाडिको सहचालकले ओर्लन लगाउनु भयो। र मेरो मनमा कुरा खेलिरहेको थियो त्यो गोङाबु बसपार्क भन्ने कथा पो होकि। अनि मैले त्यो कुरा काल्पनिक रुपमा सोच्न थाले।

हुनत देशमा यत्रो परिवर्तन त भयो दस वर्षीय जनयुद्ध, ०६२र६३ को जनआन्दोलन देखि लियर नेपाली जनताको लागि नेपाली जनताले संविधानसभा मार्फत संविधान लेख्ने भनेर चुनाब त २ पटक भयो,हिजोका विभिन्न राजा महाराजा को नामाका सालिक हरु भत्काइय हिजोका पन्चायत कालिन गाबिस कार्यलयहरु जलाइय हिजोका राजा का नाम दिई बनाइयका चोक हरु पनि विभिन्न खाले गणतान्त्रिक नाम राखिय हिजोको राजाको नाम अगाडि राखियका हस्पिटलको नाम पनि परिवर्तन गरियो सबै सारा नामहरु चै परिवर्तन भसैके भने बसपार्क को नाम पनि गोङबु बाट नयाँ बसपार्क परिवर्तन भयो होला भन्ने कुरो कल्पना चाहिँ गर्थे,तर खास कुरो चै त्यो रहेनछ,नेपाली जनताले यति लामो समय सङ्घर्स गरेर ल्ययको उपलब्धि पनि केही खास ब्याक्ती ले निजि रुपमा उपभोग गरिरहेको दिखियको छ,गणतन्त्र भयको मुलुकमा परिवारवादी मनोवृत्ति मौलाउदै छ। आफ्ना आसेपासे देखि सम्पुर्ण कुल कुटुम्भ सम्मलाइ सरकारी सेवा दिन अहिले का सासक तल्लिन छन।

नेपाली जनता बाट ३६५कर असुलेर नेपाली जनता लाई नै बाच्न मुस्किल बनायका छ्न ल्ऋभ्ीी जस्ता विदेशी कम्पनिबाट कर लिदैनन विभिन्न विकास आयोजना कमिसनको खेलमा कालोसूचीमा परेका कम्पनिलाइ ठेक्का लगाइयका छन, विस्वकै जलस्रोतको दोस्रो धनी देसमा २० रुपैयाँमा एक बोतल पानी किनेर खानुपरिरहेको छ, हत्या, बलात्कार, चोरी त गन्नै नसकिने अवस्थामा छन। विदेशी रेमिट्यान्समा देस चलाउनु पर्ने अवस्थामा छ। ६० लाख युवा बिदेशी भुमिमा श्रम गर्न बाध्य छ्न, माननीय मन्त्री ज्यु, मैले समग्र जनताको हितका लागि कामगर्ने युवा नेता मध्य हजुर पर्नुहुन्छ भन्ने सोच्थे, अहिले इतिहासकै बलियो सरकार छ, तपाई अहिले पर्यटन मन्त्री हुनुहुन्छ तपाईं समग्र मुलुककै एउटा अभिभावक हुनुहुन्छ अहिले तपाइको बिरोध गर्नेलाई तपाइकै कार्यक्रता जाइलाग्छ्न तपाइहरुले के प्रशिक्षत गराउनु भाछ? के युबानेताको सोच्ने र कार्य गर्ने क्षमता यहि होला त?

अहिले तपाईं नारायणहिटि दरबार संग्रहालय भाडामा दिने तयारीमा हुनुहुन्छ रे माननिय मन्त्री ज्यु मैले गोङगबु बसपार्क देखेकै छैन आजभोली त्यो भु(माफिया ले कब्जा गरि भवन निर्माण भैसकेको होरे मैले सानैउमेरमा पडेको सार्बजनिक बसपार्क नै छैन। अनि अहिलेका बालबालिका ले पनि नारायणहिटि दरबार संग्रहालयको बिसयमा दुरदराजमा बसेर पडिरहेका छ्न के उनिहरुले पनि मैले गोङबु बसपार्क नदेखे जस्तै नारायणहिटि दरबार संग्रहालय देख्न नपाउने हुन त? चाडैं नै तपाइको प्रतिक्रिया कुनै पत्रपत्रिकामा देख्न पाउ माननीय मन्त्री ज्यु।

उहि तपाइको शुभचिन्तक कुम्बराज पाण्डे, केन्द्रीय सदस्य समाजवादी बिद्यार्थी युनियन

Facebook Comments Box