समाजवादी पार्टीको प्रदेश समितिको पहिलो बैठक २० गते दमकमा बस्दै

समाजवादी पार्टी १ नम्बर प्रदेश कार्यसमितिको पहिलो बैठक दमकमा बस्ने भएको छ । दमक स्थीत गोरखा डिर्पाटमेन्ट स्टोरको कन्चनजंघा हलमा आगामी कार्तिक २० गते अर्थात पर्शी बैठक बस्नलागेको समाजवादी पार्टी १ नम्बर प्रदेश अध्यक्ष प्रविण चाम्लिगंले जानकारी दिएका छन । सो बैठक २० गते ११ बजेबाट सुरुहुने जनाइएको छ ।


नया शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपालको प्रदेश समितिको समायोजन पछि पहिलो पटक सो वैठक बस्न लागेको हो । पहिलो पटक बस्नलागेको बठकले दुवैतर्फबाट चयनभएका प्रदेश समिति सदस्यहरु बिचमा परिचय आदन प्रदान गर्नुका साथै समायोजन हुनबाँकी जिल्लाहरुको समायोजन र प्रदेस समिति माताहतका जनसंगठनहरुको समायोजनको बारेका छलफल गर्ने पार्टी श्रोतले जनाएको छ ।
Facebook Comments Box