समाजवादी पार्टी झापा जिल्लाको पूर्ण बैठक आगामी मंसिर २१ गते बस्ने भएको छ । जिल्लाको सामायोजन पछी पहिलो पटक पूर्ण बैठक बस्न लागेको हो । जिल्ला अद्यक्ष दीपेन वाला राइको अद्यक्षतामा बस्ने बैठकले जिल्लामा सामायोजन हुन बांकी रहेका स्थानीय निकायको बिषयमा महत्वपूर्ण निर्णय हुने जिल्ला सचिब पुष्प पौडेलले जानकारी दिएका छन । अहिले जिल्लाका तीनवटा स्थानीय निकायको सामायोजन भइसकेका छन। ,बुद्धशान्ति, केचना कवल, र भद्रपुर नगर समायोजन सम्पन्न भइसकेका छन भने, दमक, बिर्तामोड र अर्जुनधारा सामायोजनको तयारीमा रहेको जिल्ला अद्यक्ष दीपेन वाला राइले बताए ।
आगामी सनिवार बिर्तामोड स्थित होटल तिनजुरेको सभाहलमा सम्पन्न हुन लागेको पूर्ण बैठक सबै तयारी पूरा भएको जनाइएको छ ।

Facebook Comments Box