बुद्धशान्ति,झापा, २१ पौष / जङ्गली हात्तीको उपद्रोका कारण बुद्धशान्ति–३ आसपासका स्थानीय चिन्तित भएका छन् ।

आहाराको खोजीमा जङ्गली हात्ती रातैपिच्छे गाउँ पस्न थालेपछि स्थानीय आतङ्कित बनेका हुन् । ‘हात्तीले दिनहुँजसो उधुम मच्चाउन थालेको छ, स्थानीय गायत्री ढकालले भनिन–’अन्नपात त नस्ट गर्दै आएकै हो, अब त मान्छे पनि मार्न बेर छैन ।’

रातको समयमा हात्तीले घरमा दुःख दिनुका साथै खेतबारीमा लगाएको अन्नबाली समेत बिगार्ने गरेको भन्दै उनले दुखेसो पोखिन् ।

करीब २ सातायता उक्त वडा आसपासका स्थानीयलाई हात्तीले बढी दुःख दिइरहेको पीडितको भनाई छ । हात्ती दिनभर जङ्गलमा डुल्ने र रातपरेपछि गाउँ छिर्ने गरेको स्थानीयले बताए ।

केही दिन अघिमात्र सोही ठाउँमा हात्तीले सावित्री खड्काको घरमा ४० हजार रुपैयाँ बढीको क्षति पुर्याइएको थियो । हात्तीको आतङ्क बढेपछि रात पर्ने बित्तिकै बालबालिका, महिला तथा जेष्ठ नागरिक त्रसित बन्ने गरेका छन् । त्यस्तै स्थानीय युवाहरुले हात्ती धपाउन रात्रीकालिन गस्ती गर्न सुरु गरेका छन् ।

Facebook Comments Box