बिप्लवलाई ‘गद्धार’ भन्दै पार्टीभित्रै बिद्रोह

काठमाडाैं /  सरकार र नेत्रविक्रम चन्द बिप्लव पार्टीबीच सहमति भएकाे केही घण्टा बित्न नपाउँदै नेकपा माओवादि बिप्लव भित्र असन्तुष्टि पैदा भएकाे छ ।

बिप्लवले गद्धार गरेकाे भन्दै नेकपा माओवादीका अध्यक्ष नेपालले विज्ञप्ती जारी गर्दै बिप्लवलाइ गद्धारकाे संज्ञा दिँदै क्रान्तिकारी आत्मसमर्पणवाद बिरूद्ध हताेत्साहित नहुन आग्रह गरेका छन् ।

जनता र कार्यकर्तालाइ सडकमा छाडेर आफू सत्तामा लिप्त हुने सपना देखेर सरकारसँग सहमति गरेकाे भन्दै कालाे बादल मुनि छिरेर लम्पसार परी आत्मसमर्पण गरेकाे बताएकाे छ ।

यसैकाे बिराेधमा भाेली २१ गते साँझ कालाे झण्डासहित देशभरि मसाल जुलुश गर्ने बिज्ञप्तीमा जनाइएकाे छ ।

शुक्रबार, २१ फागुन, २०७७, बिहानको ०९:२९ बजे

सम्बन्धित खवर