प्रदेश स्तरीय स्कुल कलेज फुटबल प्रतियोगिता हुने

फाल्गुन २१, पथरी / मोरङको बेलबारी–८ स्थित सिंहदेवी एकेडेमीको आयोजनामा प्रदेश स्तरीय स्कुल कलेज फुटबल प्रतियोगिता शुक्रबार देखी सुरु हुने भएको छ ।
मोरङको पूर्वी क्षेत्रमा पहिलो चोटी हुन लागेको प्रतियोगितामा १० वटा स्कुल तथा कलेजले प्रतियोगितामा सहभागिता जनाउने भएको हो । उद्घाटन खेलमा पुलिस एकेडेमी धरान र हरैचा मोडेल सुन्दरहरैचा विच खेल हुने आयोजक समितिका संयोजक लाखबहादुर गुरुङले बताए ।
खेलमा पुलिस एकेडेमी धरान, हरैचा मोडेल सुन्दरहरैचा, अमिस बोर्डिङ धरान, महेन्द्र मेमोरियल दुहबी, इस्ट होराइजन काकाडिभित्ता, एभरेष्ट स्कुल विराटनगर, मोरङ मोडेल उर्लाबारी, रेड स्टार स्कुल पथरी, लर्डबुद्ध झुम्का र सिंहदेवी एकेडेमी बेलबारी रहेको छ । खेल फागुन २१ गते सुरु भएर २९ गते समापन हुने आयोजक विद्यालयको प्रिन्सिपल रविन थापाले बताए ।
पूर्वमा यस प्रकारको खेल पहिलो चोटी हुन लागेको आयोजकले जनाएको छ । खेलको सहआयोजक एम्ब्रियो युवा क्लब रहेको छ । कक्षा ११ र १२ मा अध्ययनरत १८ बर्ष नकटेको विद्यार्थीहरु फुटबल खेल्न पाउने भएका छन् ।
यस खेलमा विजेता टिमले ५० हजार र उपविजेता टिमले २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ । त्यसैगरी खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर र वेस्ट गोलकर्तालाई पनि पुरस्कृत गरिने जनाएको छ ।

शुक्रबार, २१ फागुन, २०७७, दिउँसोको १२:३९ बजे

सम्बन्धित खवर