बालुवाटारमा विप्लव र ओलीको गोप्य भेट, विप्लवले मागे उपाध्यक्षसहित ३ पदाधिकारी

फागुन २१, काठमाडौं/  नेपाल कम्युनिष्ट पाटी माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले ओली पक्षिको नेकपासँग समायोजना हुन आफू तयार रहेको खुलासा भएको छ ।
प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट काठमाडौ आएका छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आएका हुन् ।

नवलपरासीबाट काठमाडौँ आएर उनी सोझै बालुवाटार प्रवेश गरेका थिए । ओली सरकारबाटै राजनीतिक प्रतिबन्ध लगाइएको विप्लव समूहको नेकपा ओली समुहमा समाहित हुने संकेत देखिएको छ । उनले उपाध्यक्ष सहित ३ पदाधिकारी दिए आफू ओली पक्षको नेकपामा समाहित हुने ओली निकट श्रोतले बताएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले विप्लव समूह ओली समूहमा समाहित हुने ओली निकट उच्च श्रोतले जनाएको हो । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुने तयारी रहेको छ ।

शुक्रबार, २१ फागुन, २०७७, दिउँसोको ०१:३५ बजे

सम्बन्धित खवर