मुलुकको पञ्चवर्षीय आधार पत्र पारित

२१ चैत, २०७५ काठमाडौं / मुलुकको पञ्चवर्षीय आधार पत्र पारित भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको आधार पत्र बिहीबार पारित भएको हो । राजधानीमा चलेको विकास परिषदको बैठकले उक्त योजना पारित गरेको हो । आयोगले तयार पारेको १५ औं योजनामा आर्थिक वर्ष ०७६र०७७ देखि ०८०र०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो । आधार पत्रमा हाल ५ दशमलब ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १० दशमलब ३ पुर्याउने लक्ष्य निर्धारण गरिएको छ । यस्तै ११ दशमलब ४ प्रतिशत रहेको बेरोजगारको दरलाई विस २०८१ सम्म ४ प्रतिशतमा झारिने, १० हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउने जस्ता ३३ वटा सूचकहरुको लक्ष्य निर्धारण गरिएको छ । ८ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिनेछ ।

