विप्लव समूहको अस्तित्व नै समाप्त हुनसक्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको अस्तित्व नै समाप्त हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लब समूह नै समाप्त हुने बताएका हुन् । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा लागेको भन्दै उनले हतियार बुझाएर हिंसा नत्यागे अप्ठ्यारो ढंगले समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताएका हुन् ।


उनले भने, ‘पृथकतावाद अन्त्य गरयौं र विप्लब समूहको नाममा मच्च्याईएको त्रासलाई पनि नियन्त्रण गछौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’
विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी्भित्रै पनि विरोध भएको स्मरण गर्दै उनले उनीहरुको क्रियाकलाप गैह्रकानुनी र असवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।