२२ बैशाख / तरकारी जन्य बस्तुमध्ये गोलभेँडा प्रमुख बालीमध्य नै पर्छ । विश्वभर यस प्रजातीको तरकारी रोपिन्छ । भारतमा समेत गोलभेँडा उत्पादन बढ्नेक्रममा छ । गोलभेँडामा कार्बोहाइडेट, भिटामीन, क्याल्सियम, आइरन तथा अन्य खनिज पनि पाइदछ । यो फलमा लाइकोपीन नामक वर्णक (पिगमेन्ट) पाइन्छ । जस्लाई विश्वको सबैभन्दा महत्त्वपुर्ण एन्टी अक्सीडेन्ट मानिन्छ । यस बाहेक यसमा भिटामिन सी पनि हुन्छ ।
जलवायु
टमाटरको राम्रो उत्पादनमा तापमानको ठुलो योगदान हुन्छ । फसलको लागि तापमान २०–२५ सेन्टीग्रेट हुनुपर्छ । तापमान धेरै भएमा टमाटर फुटेर झर्न सक्छ । जब तापक्रम १३ भन्दा कम र ३५ भन्दा धेरै हुन्छ । टमाटरको उत्पादन थोरै हुन्छ ।
खाद एवं उर्वरक
खाद एवं उर्वरकको मात्रको निर्धारण जहिले पनि माटो जाँच गर्दा राम्रो हुन्छ । सामान्यतया २००–२५० सडेको गोबार वा कम्पोस्त खादसँग १००–१५० किलो ग्राम नाइट्रोजन, ६०–८० किलो ग्राम स्फुर एवं ५०–६० किलो ग्राम पोटाश चाहिन्छ ।
बीजको मात्रा
एक हेक्टर जमिनको खेतमा २००–२५० ग्राम स्वस्थ बीजाको आवश्यकता पर्दछ ।
गोलभेँडा लगाउने उचित समय
खासै गोलभेँडाको खेति वर्षभर गर्न मिल्छ । शरदकालीन ऋतुको लागि जुलाई देखि सेप्टेम्बर, वसन्त वा ग्रीष्मकालिन ऋतुको लागि नोभेम्बर देखि डिसेम्बर तथा पहाडी क्षेत्रको लागि मार्चदेखि अप्रिल महिनामा गर्दा उपयुक्त हुन्छ ।
सिचांइ
विरुवालाई सुरुमा ३–४ दिनमा पानी दिनु पर्छ । विरुवा ठुलो भएपछि १०–१२ दिनमा पानी दिदाँ पनि हुन्छ । जब विरुवामा ४–६ वटा पात आउछ तब त्यसको उचाई २०–२५ सेमी हुन्छ ।

Facebook Comments Box