हाजिरी जवाफमा ग्लोबल प्रथम, हिमावि दोस्रो

दमक/ झापाको दमक ८ स्थित डीपीएल टिन्स बोर्डले आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सामुदायिक र सस्थागत गरि ११ ओटा बिद्यालयबिच हाजिरी जवाफ कार्यक्रम विहिवार सम्पन्न गरेको छ ।
सहभागी टिम मध्ये दमक ६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीबाट सहभागी विद्यार्थीहरु प्रसिद्ध ढुंगाना, गुन्जन बास्तोला र प्रसन्न घिमिरेको टिमले प्रथम स्थान हासिल गरेको छ ।
यसैगरि दमककै हिमालय माविले दोस्रो र मदरल्याण्ड माविले तेस्रो स्थान पाउन सफल भएको छ । मारवाडी सेवा समितीको सभाहलमा भएको सो कार्यक्रममा दमक नगरपालिकाका कार्यबाहक नगर प्रमुख भिम पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । पूर्णीमा तिम्सिनाले सञ्चालन गरेको कार्यक्रम गौरब घिमिरेको सभापतिमा सम्पन्न्न भएको थियो ।


Facebook Comments Box