विशाल तिमिल्सिना

यतिबेला देश उप – निर्वाचनको चुनावी दौरानमा छ त्यसैमाथी झन् सबैका आँखा कास्की क्षेत्र नं २ मा छ । पर्यटन मन्त्री रबिन्द्र अधिकारी को मृत्यु पश्चात् उनैकी श्रीमती बिद्या भट्टराई लाई नेकपाले उम्मेदवार बनाउने भएको छ । उनलाई बधाई तथा शुभकामना पनि छ उनी माथि मेरो कुनै रिसराग भने छैन तर कहिलेसम्म सहानुभूति को राजनीति ले अग्रता पाउनेछ भन्ने मात्रै हो । आधा उमेरमै श्रीमान गुमाउनुपरेको पीडा र सानै उमेरमा बाबू गुमाउनुपरेको पीडा उनका २ छोरा हरूलाई होला तर कहिलेसम्म सहानुभूति को राजनीति ले ठाउँ पाइराख्ला ? उनी त केबल यो समाजको प्रतिनिधि पात्र मात्रै हुन् यस्ता अनेकौँ घटनाहरू देशमा बिद्यमान नै छन् । आखिर कहिलेसम्म नेकपाले गरेका काला कर्तुतहरू सेतो बस्त्र कै आडमा लुकाउछ भन्ने मुख्य कुरा हो .
यतिबेला देशमा इतिहासकै शक्तिशाली दुइतिहाईको सरकार छ तर पनि भ्रष्टाचार , महिला हिंसा , अपराध , बलात्कार , कमिसन , ढिलासुस्ती र अस्थिरताले देशमा जरो गाडेको छ । के एउटा सेतो बस्त्र ले यी सबै अपराध हरू लुकाउन सक्छ ? के एउटा सेतो बस्त्रले अबोध बालिका निर्मला पन्तको बलात्कारी र अपराधी समाउने हिम्मत राख्छ ? के एनसेल ले नतिरेको अर्बौं अर्ब कर उठाउन सक्छ ? के एउटा सेतो बस्त्रले महिला माथिका हिंसा र अत्याचार घटाउन सक्छ ?
यदि घटाउन सक्ने भए कञ्चनपुर बाट चुनाव जितेकी प्रचण्डकि बुहारी बिना मगरको त्यो सेतो बस्त्र ले यति ठुलो कहालीलाग्दो मेलम्ची खानेपानी मा करोडौँ को भ्रष्टाचार कसरी भयो ? किन सेता बस्त्र भित्र डरलाग्दा काला कर्तुत हरू लुकेका छन् ।
यो शक्तिशाली सरकारले हिजोका राजा – माहाराजा र राणाहरू ले जस्तै नेपाली जनतामाथी दिनहुँ दमन गरिरहेको छ नागरिकका स्वतन्त्रता माथी दमन गरिरहेको छ , प्रेस स्वतन्त्रता माथि दमन गरेको छ , नेपालका पुरातात्त्विक धार्मिक सम्पदाको सत्ता र शक्तिको आडमा दोहन गरिरहेको छ , एउटा नागरिकले स्वतन्त्रता पुर्वक बोल्न पाउने अधिकार माथी प्रतिबन्ध लगाएको छ , एउटा राजनैतिक दलमाथी सर्वसत्तावाद लाद्न खोजेको छ के यी सबै अपराधलाई एउटा सेतो बस्त्र ले निर्मुल पार्न सक्छ ?
देश र जनताको मुक्ति को लागि दिनरात नभनी अहोरात्र खट्ने नेपालीको स्वतन्त्रताको लागि बिद्रोह को बिगुल छर्ने जननेता क.मदन भण्डारीको दासढुङ्गामा रहस्यमय हत्या भयो तर उनै जननेता मदन भण्डारीकि श्रीमती देशकै सर्बोच्च निकाय राष्टपति को पदमा आसिन छन् त्यो सेतो बस्त्रले किन आफ्नै श्रीमानको हत्यारालाई खोजी सजाय दिन सक्ने हैसियत समेत राख्न सकेन ?
हिजोका सामन्तवादी हरूले जस्तै नेकपाले पनि सेतो बस्त्रलाई आफ्नो राजनैतिक अपराधहरू लुकाउने अखडा मात्रै बनाएको छ !

तिमिल्सीना   समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन

Facebook Comments Box