अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका ५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ । वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी न्यूनीकरण कार्यक्रम अन्तर्गत अनुदानमा निर्माण गरिएको घर सोमबार हस्तान्तरण गरेको हो ।गरीव तथा विपन्न परिवारका दिनेश काफ्ले, कृष्णमाया सार्की र लत्ता दनुवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले घरको चावी हस्तान्तरण गरेका हुन् । घर निर्माण गर्न नसेका ती परिवारलाई वनले सोमबार अर्जुनधारा–४ स्थित सिंहवाहिनी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो ।वनका अध्यक्ष खगेन्द्र सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालयका प्रमुख विष्णुराम घिमिरे रहेका थिए । स्वागत वनका उपाध्यक्ष रामप्रसाद गिरीले गरेको कार्यक्रममा जिल्ला वन महासंघका अध्यक्ष देवप्रकाश भण्डारी, वडा नं ४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, युवा संघ नेपाल प्रदेश कमिटी सदस्य खगेन्द्र खनाललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वनकी सचिव निरामाया तामाङले गरेकी थिइन्

Facebook Comments Box