समाजवादी पार्टी इटहरी उपमहानगर समितिको बैठक आगामी सनिवार बस्ने भएको छ । आगामी २१ गते सनिवार इटहरी स्थित होटल मनशान्तको सभाहलमा बस्न लागेको सो बैठकले पार्टी को नगर समिति सामायोजन भएका गतिबिधिहरु को समिक्ष्या गर्ने जनाइएको छ ।
समाजवादी पार्टी इटहरी उपमहानगरका समितिका अद्यक्ष डिल्ली सुब्बाको अद्यक्षतामा सम्पन्न हुन ग़ैरहेको सो बैठकले वड़ाहरूको सामायोजनको बारेमा छलफल गर्ने र विभागीय कार्यविभाजन को बारेमा छलफल गर्ने नगर उपाद्यक्ष उपेन श्रेस्ठले जानकारी दिए।
नगर सामायोजन पछि हाल सम्म इटहरी उपमहानगर भित्रका ५ वटा वडाको सामायोजन सम्पन्न भइसकेको छ भने बांकी १५ वड़ा समितिहरू सामायोजन हुन बांकी रहेका छन । आगामी सनिवार हुने बैठकले सामायोजनको बांकी काम , सांगठानिक कार्यविभाजन, जनसंगठनहरूको सामायोजन र जनताका समस्याहरुका बारेमा नगरपालिका संग प्रभाबकारी समन्वय गर्ने लगायतका बिषयमा छलफल गरिने उपाद्यक्ष श्रेस्ठले बताए ।

Facebook Comments Box