दमक रेडक्रसको उप- सचिवमा अनिल सुवेदीको उम्मेद्बारी

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको उप सचिबमा युवा ब्यावसायी तथा स्वास्थ सेवमा क्रियाशिल युवा अनिल सुवेदीले उम्मेद्बारी दिएका छन । बिगत १५ वर्षदेखि निरन्तर स्वास्थ्य सेवामा संलग्न सुवेदीले पौष २३ गते सम्पन्न हुन गइरहेको उपशाखाको निर्वाचनमा उप- सचिव पदमा उम्मेदवारी दिएका हुन ।


उम्मेद्बार सुवेदी पेशाले फर्मासिस्ट(बिफर्मा) र ल्याब एसिस्टेन्ट हुन । उनी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका पुर्व सचिव, हाल सल्लाहकार सदस्य,तथा निम्स अस्पताल सञ्चालक समिति सदस्य,लगायत विभिन्न संघसंस्थामा आबद्द रहेका छन ।
दमकमा युवा ब्यावसायीका रूपमा परिचित सुवेदी निर्णायक रिफरेन्स ल्याब , दमक सर्जिकल र शुभकिरण मेडिको सञ्चालक हुन । सालिन र मिजासिलो स्वभाबका सुवेदी युवाहरु माझ लोकप्रिय छन ।
ब्यावसाय संगै सामाजिक क्षेत्रमा क्रियाशील सुवेदी ले भोलि हुने रेडक्रस को निर्वाचन मा आफ्नो अमुल्य मत दिई बिजयी गराउन मतदाता समक्ष अनुरोध गरेका छन ।
सुवेदी ले रेड क्रस जस्तो पबित्र सामाजिक सस्थाको दाइत्व लाई बुझेको बताउदै निर्वाचित भएको खण्ड मा यसका मान्यता र गरिमालाई आफुले जहिल्यै शीर मा राखेर काम गर्ने बताए।
मानवीय सेवाको क्षेत्रमा काम गर्ने उद्धेश्यले उम्मेदवारी दिएको उनले बताउदै सुवेदीले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले सर्पदंश उपचार प्रभावकारी बनाउन मोटरसाइकल एम्बुलेन्स थप व्यवस्थित बनाउनुका साथै सर्पदंशका कारणले कसैले ज्यान गुमाउन नपरो भनेर मोटरसाइकल एम्बुलेन्स सेवा थप प्रभावकारी बनाउने अभियान चलाउने बताए ।