दमक, पुस २१ /  दमकका स्टेशनरी व्यवसायी राजेन्द्र सिञ्जालीले स्र्पोटस शो रुम सञ्चालनमा ल्याएका छन् । मकालु पुस्तक पसलका प्रोपाइटर समेत रहेका उनले दमक १ फाल्गुनन्द चौकमा स्र्पोटस सेभेन सन्चालन गरेका हुन् ।

पसलको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाइँले उद्घाटन गरे । उनले दमकमा सबै खेलकुदका सामाग्री एकै स्थानमा पाउने स्थान खुलेपछी धेरै खेल प्रेमीलाई सहज भएको बताए । सिञ्जालीका अनुसार सबै खेलका लागि आवश्यक समाग्रीहरु पसलमा पाइन्छ । उनले पूर्वमै सबै प्रकारको सामाग्री सहितको पहिलो पसल भएको दाबी गरे । पसलमा फुटबल, भलिबल, ब्याडमिण्टन, टेबल टेनिस सहित सबै खेलका लागि आवश्यक पर्ने सामाग्री राखिएको छ ।

Facebook Comments Box