अग्नी पिडितलाई राहत

मेची नेत्रालय आँखा अस्पतालमा कार्यरत कर्मचारीहरुले एक दिनको पारिश्रमिकको रकमबाट भानु टोलका अग्नी पिडितहरुलाई राहत सामाग्री बितरण गरेका छन ।


काकरभिट्टा, पुष २०/ काकरभिट्टा स्थीत मेची नेत्रालय आँखा अस्पतालमा कार्यरत कर्मचारीहरुले एक दिनको पारिश्रमिकको रकमबाट भानु टोलका अग्नी पिडितहरुलाई राहत सामाग्री बितरण गरेका छन । अग्नी पिडितका लागि प्रति परिवार एक थानका दरले २२ थान प्रेसर कुकर र २२ थान डसना बितरण गरेको मेची नेत्रालय आँखा अस्पतालका प्रशासन प्रमुख पुनम प्रधानले जानकारी दिनु भयो ।
आज अपरान्ह भानु टोल स्थीत अग्नी पिडितका लागि स्थापना गरिएको हेल्प डेस्कमा पुगी पिडित परिवारलाई प्रेसर कुकर र डसना हस्तान्तरण गरेको प्रधानले बताउनु भयो । बिपत्तिका बेला मानविय सहयोगका रुपमा सबै कर्मचारीको एक दिनको पारिश्रमिकबाट आउने रकमबाट अग्नी पिडितका लागि राहत सामाग्री उपलब्ध गराईएको मेची नेत्रालयका आईपिडि ईन्चार्ज बिना कार्कीले बताउनु भयो ।
पुष १२ गते भएको आगलागीका कारण काकरभिट्टा स्थीत भानु टोलका २२ घर जलेर नष्ट भए पछि अग्नि पिडितको बिचल्ली भएको छ ।