दुई अध्यक्षद्धारा सुखानीमा सम्वोधनःसहिदको सपना पूरा भएको उद्घोष

झापा फागुन २१ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले एउटै मञ्चबाट सहिदको सम्झना गरेका छन् । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको सुखानी पार्कमा आयोजना गरिएको ४६ औँ सुखानी सहिद स्मृति दिवसको समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको परिर्वतनकालागि सहादत प्राप्त गरेका शहिदहरुलाई स्मरण गर्दै सहिदको सपना साकार पारेरै छोड्ने बताउनु भयो । विभिन्न चरणमा भएका आन्दोलन र वलिदानबाट मुलुक यो स्थितिमा आइपुगेको बताउनु भयो ।
यसैगरि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शहिदहरुप्रति श्रदाञ्जली ब्यक्त गर्नुभयो । उहाँले पार्टी एकताको प्रसङ्गमा २०२८ सालको झापा विद्रोहबाट स्थापित पार्टी र दशवर्षे जनयुद्धबाट स्थापित पार्टी एकता गर्न सक्नु नै सहिदहरुको सपना रहेकाले त्यो पूरा भएको बताउनु भयो । उहाँले जनयुद्धको पहिलो शहिद दिलबहादुर रम्तेलदेखि विभिन्न्न चरणका सहिदहरु र सुखानीका शहिदहरुको सपना नै कम्युनिष्ट पार्टीहरुविच एकता भएको भन्दै आपूmहरु तेही बाटोमा हिडिरहेको बताउनु भयो ।
किसान आन्दोलनका क्रममा आजकै दिन २०२९ फागुन २१ गते सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल, र नारायण श्रेष्ठको हत्या भएको थियो । पार्टी एकतापछि पार्टीको आयोजनामा गरिएको यो पहिलो जनसभा हो ।

