फागुन २२, २०७५ काठमाडौं /  सरकारले उच्च प्राथमकितामा राखेर २१ वटा राष्ट्रिय गौरवका आयोजना अघि बढाएको छ। राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने र अन्य समस्यामा पनि समन्वय गरी तोकिएकै सीमाभित्र आयोजना निर्माण गर्ने विषयमा पटक पटक प्रतिबद्धता जनाएको छ। राष्ट्रिय गौरवका आयोजना कार्यन्वयनका लागि मन्त्रालयहरूले छुट्टै इकाइ समेत बनाएका छन्। सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। चालू आथिक वर्षको बजेटमा समेत विनियोजित बजेटको ६ प्रतिशत राष्ट्रिय गौरवका आयोजनामा छुट्टाएको छ। तर चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च स्थिति निराशाजनक रहेको छ। अन्य आयोजनाको तुलनामा पनि राष्ट्रिय गौरवका आयोजना नपरेको खर्च तथ्यांकले देखाउँछ। चालू आर्थिक वर्षको छ महिनामा विनीयोजित बजेटको खर्च २८.६ प्रतिशत रहेको छ तर राष्ट्रिय गौरवका आयोजनाको खर्च छ महिनाको अवधिमा २४.९ प्रतिशत मात्रै खर्च भएको छ। यसले राष्ट्रिय गौरवका आयोजना अन्य आयोजनाको तुलनामा प्राथमिकतामा कम परेको देखाउँछ।अर्थमन्त्री युवराज खतिवडा पनि राष्ट्रिय गौरवका आयोजना उल्लेख्य खर्च नहुँदा समग्र खर्च्स्थिति कमजोर रहेको बताउँछन्। ‘खर्च नहुनुलाई सरकारलाई मात्रै दोष दिए पनि हुन्छ तर निजी क्षेकत्रको क्षमता विस्तार गर्न आवश्‍यकता देखियो, कहीँ काम छोडेर बसेको छ कही ठेकेदार भागेको छ’ खतिवडाले भने। चालु आथिक वर्षको छ महिनाको अवधिमा नै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको मेलम्ची खानेपानी आयोयजना र माथिल्लो तामकाकोशी आयोजनाको खर्च स्थिति नै निराशजनक रहेको छ। मेलम्चीमा सात अर्ब छ करोड ५९ लाख विनीयोजन गरिएकोमा छ महिनामा ४७ करोड ५७ लाख खर्च भएको छ। माथिल्लो तामाकोशीमा ५० करोड रुपैयाँ विनियोजन गरिएकोमा १६ करोड रुपैयाँ खर्च भएको छ। समग्रमा ८८ अर्ब ५५ करोड रुपैयाँको रकम विनियोजन गरिएकोमा ६ महिनाको अवधिमा २२ अर्ब आठ करोड रुपैयाँ मात्रै खर्च भएको छ। छ महिनामा ५० प्रतिशतभन्दा बढी खर्च गर्ने आयोजना तीन वटा मात्रै छन् भने पाँच वटा आयोजनाले १० प्रतिशत पनि खर्च गर्न सकेका छैनन्। कुन आयोजनामा कति बजेट कति खर्च?

Facebook Comments Box