शिखा साकोसको अवलोकन भ्रमण चैत ३० गतेदेखि

बैकल्पिक खवर

                           दमक / दमक ६ स्थित शिखा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदश्यहरु लाई सहकारी अबलोकन भ्रमण गराउने भएको छ । आगामी चैत ३० गतेदेखि बैशाख ३ गतेसम्म सहकारी अबलोकन भ्रमण तय गरिएको सहकारीले जनाएको छ ।
वार्षिक रूपमा सदश्यहरु लाई अबलोकन भ्रमण गराउदै आएको शिखाले गत बर्ष भने बिश्व ब्यापी रूपमा फैलिएको कोरोना माहामारीका कारण भ्रमण स्थगित गरेको थियो । यो बर्ष कोरोना माहामारी कम भएकोले शेयर सदस्यहरुको चाहाना अनुसार भ्रमण आयोजना गरिएको सहकारीका ब्यबस्थापक तुलसि राजबंसीले बताए । अबलोकन भ्रमणमा सहभागी हुनका लागि सस्थामा नियमित तथा मासिक खाता संचालन गरिरहेका सबै सदश्यहरुलाई अनुरोध गरेको छ ।
आगामी चैत ३० गतेदेखि बैशाख ०३ गतेसम्मको भ्रमण तालिका सार्वजनिक गरेको शिखाले लुम्बिनी , पाल्पा , पोखारा र चितवनका विभिन्न ठाँउहरुमा शेयरसदस्यहरु लाई अवलोकन भ्रमण गराउन लागेको भ्रमण टोलिका समायोजक बिबेक दाहालले जनाएका छन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला लाई सहयोग

सहकारी अवलोकन भ्रमणका क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्द अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन तथा रंगशालामा निर्माणका लागि सस्थाका कर्मचारी तथा इच्छुक शेयर सदस्यहरुको तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको जनाइएको छ । राष्ट्रकै गौरवको रूपमा रहेको निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको रंगशालाको लागि केही आर्थिक सहयोग गर्ने योजना रहेको सहकारीका बजार ब्यबस्थापन प्रमुख सुनिल खड्काले जानकारी दिए ।
२०६९ सालमा दमकमा स्थापना भएको शिखा सहकारीले आर्थिक कारोबार सङसङै सामाजिक दाइत्व अन्तरगत विभिन्न चेतनामुलक तथा समाजिक गतिविधिहरुमा सहभागी रहदै आएको छ । करीब साढे २ करोड शेयर पुजि रहेको शिखामा करिब २हजार ९ सय शेयर सदस्य रहेका छन भने १६ करोड भन्दा माथीको कारोबार रहेको छ ।

मङ्गलबार, २४ चैत, २०७७, बिहानको ११:५१ बजे

सम्बन्धित खवर