डिस्ट्रीक ३२५A1 का लायन्सकर्मीहरु लाई नयाँ जिम्मेवारी

बैकल्पिक खवर

दमक / सामाजिक कार्यमा क्रियाशील संस्था लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानको सन् २०२१– २२ का लागि विभिन्न जिम्मेवारी बाँडफाड गरिएको छ ।
इटहरीस्थित लायन्स भवनमा आइतबार सम्पन्न लायन्सकर्मीहरुको भेलाले लायन्स अग्रजहलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको हो ।
जसअन्तर्गत क्याविनेट ट्रेजरमा उर्लावारीका कोमल शाक्यले जिम्मेवार पाए भने डिस्टिक गर्भनर ऐडमा दमकका अजय अग्रवाल मनोनित भएका छन् ।

दमकदेखि मोरङको पथरीसम्मको सम्पूर्ण लायन्स क्लवहरुको जिम्मेवारी हेर्ने गरि लखनपुर लायन्सका ज्ञाननाथ पौडेल ( ज्ञानु ) लाई एम्प्याक्ट एरिया लिडरको जिम्मेवारी दिईएको छ ।
यसैगरि, डिसाइबल चिफमा भुपाल कटुवाल, एनएएल चिफमा पवन अधिकारी ,सिनियर चिफमा बबरजंग थापा, रिजन चियर पर्सनमा दमकका दिवस राई,चन्द्र गजमेर, जोन चियर पर्सनमा दमककै क्रमशः तुलसीराम तिम्सीना, खेमनाथ सापकोटा, हेमसागर अधिकारी, रेगिना भटटराई, ,बिष्णु पौडेल,काशी खाँती र एडिसनल क्याबिनेट टे«जरमा बिश्वासबाबु कास्पय मनोनित भएका छन्

मङ्गलबार, २४ चैत, २०७७, दिउँसोको ०२:५९ बजे

सम्बन्धित खवर