शुक्रबार २३, चैत २०७५ / कतिपय मानिस सुत्दा घुर्ने गर्छन् । घुर्ने विषयमा मानिसहरुको आ–आफ्नै तर्क रहेपनि वैज्ञानिकहरुले भने रोगको संकेत भएको बताएका छन् । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।

हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेटसम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेटसम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।

अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ, नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ–आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक)भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।

मुखको ठयाक्कै पछाडी भएको जिब्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग जसलाई मुखे घाटी भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

अन्य कारणहरु
– नाक भित्रको मासु सुन्निएको छ भने ।

– नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।

– नाकमा मासु पलाएको छ भने ।

– तालु सुन्निएको छ भने ।

– लिगलिगे मोटो भएमा ।

– मुखे घाटीको भाग साघुरियो भने ।

– नाकेघाटीको भाग साघुरियो भने ।

यस्तै, मानिसलाई घुर्ने बनाउने एक प्रकारको रोग पनि हुन्छ । त्यसलाई हामीले ‘स्लिप अप्नीया सिन्ड्रम’ वा ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’ भनिन्छ । यो रोग लागेको व्यक्ति दिउसोमा पनि बढी निधाउने, बोल्दा बोल्दै छिटो निदाउने र घुरी हाल्ने गर्छ ।

कतिपय कार्यक्रमका बेला मञ्चमा अथिति बनेका व्यक्तिहरु घुरेर निदाएको देखिन्छ, यता कार्यक्रम चलिरहेको भएपनि उनिहरु निदाउछन त्यो आनन्दले निदाएको वा वेवास्ताले निदाएको होइन यहि ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’को कारणले भएको हो । यस्ता व्यक्तिहरुलाई निदाए पनि झकझक्याउन पर्छ । नत्र कहिले काही अप्ठेरो पार्न सक्छ ।

यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुर्याउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।

यस्तै व्यक्ति भन्ने हुदैन । किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने मान्छेमा बढी देखिन्छ । मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ ।

Facebook Comments Box