भष्टाचार अन्त्य गर्न कर्मचारी संयन्त्र सच्चिनुपर्छ = मेयर चौधरी

इटहरीका मेयर द्वारिकालाल चौधरीले भष्टाचार अन्त्य गर्न कर्मचारी संयन्त्र सच्चिनुपर्ने बताएका छन् । चौधरीका कारण अहिले नेपाली समाजमा एउटा बहस छेडिएको छ । गतल प्रवृत्तिलाई कसरी नियन्त्रण गर्ने वा कानुनलाई कसरी प्रभावकारी बनाउने भनेर बहस शुरु भएको छ । मेयर चौधरीले गर्न चाहेको सुशासनको विषयलाई सबैले प्रशंसा गरेका छन् । तर, उहाको प्रवृत्तिलाई भने गलत मानिएको छ । संविधान र कानुनले ति क्रियाकलाप रोक्न वा कारवाही गर्ने ठाउ दिएको छ । मेयर चौधरीले भने ति कानुनले कुनै काम नगरेकाले आफुले बेग्लै अभियान छेड्नु परेको बताउदै आउनु भएको छ । निक्कै हक्की स्वभावका मेयर चौधरी सामान्य परिवारबाट राजनीतिमा आउनु भएको हो । उहा स्थानीय तहको निर्वाचन अघि तत्कालिन नेकपा एमालेका सुनसरी जिल्लाको अध्यक्ष समेत हुनु भएको थियो ।


उहा पछिल्लो समय पत्रकारमाथी आक्रमक हुनुको कारण चाही केही समयअघि फर्कनु पर्ने हुन्छ । सि.एफ.एल. प्रकरणमा करोडौं घोटला । मेयर चौधरी बैंकक भ्रमणमा गएका बेला संचारमाध्यममा सिएफएल चिममा करोडौं घोटला भएको समाचार आयो । जुन समाचारबाट मेयर चौधरी निक्कै आक्रोशित भए । त्यस बेला उहाको भनाई थियो, ‘केही समय अगाडि समचार आयो, सि.एफ.एल. प्रकरणमा कडरौँ घोटला । भोलिपल्ट अख्तियार आयो, हामीले आवश्यक सबै सहयोग गरी छायाँकपी दियौँ । भोलिपल्ट समचार आउँछ, मेयर अख्तियारको फन्दामा कब्जामा । मानौ म जेलमा छु, क्या काइदा, त्यस्तै छानबिन समितिले प्रतिवेदन दियो, प्रतिवेदनले २० लाख भ्रष्टचार भएको कहीँ भन्दैभन्दैन । सि.एफ.एल. प्रकरणमा २० लाख भ्रष्टचार, मेयर बैंककमा भनेर समचार सम्प्रेषण भयो । मानौ कि, कालो धन गाड्न बैंकक गएछु । कहिलेकाहीँ अप्ठ्यारो हुँदो रहेछ, वेगले हुरिवतास चलेको बेलामा ठूलाठूला रुखहरु पनि निहुरिन बाध्य हुन्छन् । भर्खरै प्रमुख प्रशासकीय अधिकृत आउनु भएको थियो, उहाँले सङ्का गर्न सक्नुहुने भयो सिङ्गो कार्यपालिका र आम जनसमुदायले । साँच्चै मेयरले वदमासी नै गरेका हुन् कि भन्ने खालको भान भयो । कहीँ मुख खोल्ने स्थिति थिएन, एक्लो वृहस्पति झुटो जस्तो । जब छानविन समितिको प्रतिवेदन आयो तब चाँहि सबै ढुक्क भए कि जनप्रतिनिधिहरुको सहभागिता छैन ।’ यसविषयमा अख्तियारले पनि चौधरीलाई सफाई दियो अर्थात सो चिम प्रकरणमा कुनै भ्रष्टचार भएको छैन भनेर ।
यसविषयमा मेयर चौधरी केही संचारमाध्यम र विशेषगरी स्थानीय केही पत्रकारदेखी निक्कै असन्तुष्ट थिए । मेयर चौधरीले पित पत्रकारिता गरेर आफुलाई बदनाम गराउने स्थानीय केही नेताले पत्रकार प्रयोग गरेको भनाई बारम्बार राख्दै आउनु भएको छ । त्यसपछि पनि उहालाई केही पत्रकारले केही विषय मा विना कारण मुछ्न खोजेको उहाको बुझाई रहेको छ । यही विषयलाई लिएर उहा आक्रोशित हुदै आउनु भएको छ ।