२०७५ कार्तिक २० काठमाण्डौ / ०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा अब भने पुनर्निर्माण हुने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई बर्ष भित्र धरहरा निर्माण गर्ने शर्तमा जी आई ई टीसी र रमन जेभीलाई निर्माणको जिम्मा दिएपछि कामको गति समेत तीव्र पारिएको छ ।

पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा र भुकम्प गएको तीन वर्ष बितिसक्दा पनि अभियानले गति पाउन सकेको थिएन । दोस्रो पटक प्रधानमन्त्री भएको ८ महिनापछि अब भने सो अभियानले पूर्णता पाउने भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रवतmा राजुमान मानन्धरका अनुसार धरहरा पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिने छ । उनले ४२ रोपनी क्षेत्रफलमा ३ अर्ब ४८ करोडको लागतमा धरहरा निर्माण गरिने जानकारी दिएका छन् । मानन्धरले कुनै किसिमको अवरोध नभएमा दुई बर्षभित्र निर्माण सम्पन्न गरिने दाबी गरेका छन् । अब बन्ने धरहरामा दुई लिफ्ट हुनेछन्। धरहरा चढ्न लिफ्टका साथै र्भयाङ पनि हुनेछ । हलभित्र भूकम्प, धरहरा सम्बन्धी पाउने भिडियो हुनेछ । धरहराको भुइँतलामा पार्किङको व्यवस्था हुनेछ ।

धरहरा निर्माणको जिम्मा पाएको जीआईईटीसी र रमन जेभीले निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु गरिसकेका छन । अहिले ती उपकरण र सामग्री काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा राखिएको छ । धरहरामा अहिले स्थलगत सरसफाई तथा साइट क्लियरेन्सल कामहरु भइराखेको छ । २२ तलाको धरहरा ६९ दशमलव २ मिटर अग्लो हुनेछ ।

Facebook Comments Box