बल बहादुरको भोटिङ कोड ०३ शुक्रबारको प्रस्तुति पछी भोटिङ लाइन खुल्ने

दमक हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो “द भ्वाइस अफ नेपाल” मा नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश गरे सँगै उनलाइ भोटिङ कोर्ड दिइएको छ । उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । कार्तिक २२ गते शुक्रबार राती प्रसारण हुने शो को प्रस्तुती पछी भोटिङ लाइन खुला गरिने छ । बलबहादुर राजवँशीलाइ जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा सेण्ड गर्नु पर्नेछ । बिदेशबाट बाटपनि एसएमएस मार्फत भोट गर्न सकिने छ । कतार बाट भोट गर्दा ९२३०० नँबरमा सेण्ड गर्नु पर्ने छ । त्यसै गरि भारतिय नँबरबाट भोट गर्नु परे ५३०१० मा सेण्ड गर्नु पर्ने छ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट समेत बिश्वभरबाट भोट गर्न सकिने छ ।
लाइभ राउण्डमा प्रवेश पाएका १२ जना प्रतिस्पर्धीहरु बाट खुला भोटिङ का आधारमा बर्षको भ्वाइस अफ नेपाल विनर छानिने छ । बलबहादुरलाइ आगामी शुक्रबारको प्रस्तुति पछी भोट गर्न इस्टमित्र आफन्त तथा देश बिदेशमा रहेका साथिभाइ हरुले बिभिन्न सामाजिक संजालमार्फत अपिल गरीरहेका छन । फरक शैलि र स्वरका धनि बलबहादुरलाइ जिताउन आ आफ्नो ठांउबाट लाग्नु हामी सबैको दायित्व भएको राजबँशी भाषा साहित्यका अगुवा तथा गौरीगंज स्थीत स्नो ह्वाइट अँग्रेजि माध्यमिक विद्यालयका प्रिन्सिपल गोपाल राजबंशी बताँउछंन ।

