बन पैदावारका आरोपी जेल चलान

झापा,२० मंसिर / ठगी मुद्दामा एक वर्ष सजाय सुनाएका फरार झापा, विर्तामोड ७ का दलबहादुर पुलामीलाई पक्राउ गरि कारागार चलान गरिएको छ ।
फरार आरोपीलाई झापा जिल्ला अदालतले मिति २०७४ जेठ २८ गते ठगी मुद्धामा १ बर्ष कैद सजायको आदेश दिएको थियो । फरार भएका ६७ बर्षिय पुलामीलाई मंसिर१७ गते गते पक्राउ गरी सम्मानित अदालतमा दाखिला गरि कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरि झापा जिल्ला अदालतको मिति २०७४ पुस ११ गतेको फैसला आदेशले वन पैदावर मुद्धामा १ महिना कैदसहित जरिवाना लागेका जिल्ला झापा साबिक मेचीनगर ८ बस्ने बर्ष ३६ को राज कुमार गिरीलाई आज पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरिएको जनाईएको छ ।


Facebook Comments Box