केहीदिन अगाडि आफ्नो बारेमा, सवाल नेपाल अनलाईन पत्रिकामा प्रकाशित भएको समाचारको बारेमा  नेकपा दमक का प्रभावसाली नेता गगन पूरीले कडा प्रतिवाद गरेका छन । हाल भारतको बिभिन्न ठाउँमा पारिवारिक भ्रमणमा रहेका पूरीले सामाजिक संजाल मार्फत सो प्रतिवाद गरेका हुन ।

हुदै नभएको क़ुरा लेखेको भन्दै पुरीले आक्रोश पोखेका हुन । केही दिन अगाडि सो अनलाइन पत्रिकाले गगन पूरी लाई पक्राउपुर्जी जारी भएको र उनको घरमा प्रहरीले छापामारेको भन्दै पुरी हाल फरार रहेको समाचार प्रकाशन गरेको थियो । मेरो घरमा कहिले छापा मार्यो ?? कस्ले छापा मार्यो ?? मेरा छर छिमेकी कसैलाई थाहा नहुने तिमीहरुलाई कसरी थाहा भयो ?? भन्ने प्रश्न गर्दै सो online लाई गुन्द्रूक डट कम को संज्ञा दिदै, खानै नपुगेको भए मेरो जुत्ता पोलिस गर्नु म पेट भरीदिन्छु भन्दै पूरीले कडा टिप्पणी गरेका छन साथै उनले आफू बाहिर रहको भन्दै नेपाल फर्केपछि कानूनी कठघरा उभ्याउने चेतावनी दिएका छन । सामाजिक र राजनीतिक रुपमा पछि परेपछि बद्नाम गर्न यस्तो क़ुराको सहारा लिएको भन्दै पुरीले घुमाउरो पारामा आफूमाथि नियत नै राखेर सडयन्त्र गरिएको आरोप पनि लगाएका छन ।
हिजो दमक बाट संचालित सवाल नेपाल  ले पूरी को घरमा नक्कली धनीपुर्जा छाप्ने मेसिन र नक्कली धनीपुर्जा लगायतका कागजजात रहको आसंकामा प्रहरीले छापामारेको भन्ने ब्याहोराको समाचार प्रकाशित गरेको थियो।

Facebook Comments Box