समाजवादी पार्टी चुलाचूली गाउपालिकाको सामायोजन घोषणा कार्यक्रम मंसिर २८ गते सम्पन्न हुने भएको छ । मंसिर २८ गते सनिवार चुलाचूली गाउपालिकाको प्राँगडमा सो सामायोजन कार्यक्रमको तयारी भैरहेको चुलाचूली गाउपालिका कार्यसमितिका अद्यक्ष गंगा बहादुर साउदेनले जानकारी दिएका छन ।
समाजवादी पार्टीका अध्य्क्ष बाबुराम भट्टाराईको प्रमुख अथित्यतामा सम्पन्न हुने सो कार्यक्रममा पार्टीका बरिष्ठ नेता अशोक कुमार राइ, उपाद्यक्ष रकम चेम्जोंग र लिम्बुवान राष्ट्रीय समितिका अध्य्क्ष खगेन्द्र माखीम लगायतका नेताहरूको उपस्थिति रहने अद्यक्ष साउदेनले बताए ।
२८ गते बिहान ९ बजे देखी सुरुहुने उक्त पार्टी सामायोजन तथा घोषणा कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड़ सांस्कृतिक प्रस्तुति र प्रशिक्षण कार्यक्रम पनि रहको चुलाचूली गाउपालिका कार्यसमितिले जनाएको छ ।

Facebook Comments Box