पुस २३, काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीविरुद्ध १८ करोड ६६ लाख पाँच हजार विगो दाबी गर्दै विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो। उनले पदमा रहँदा वैधानिकभन्दा बाहेक १८ करोडभन्दा बढी आर्जन गरेको आरोप अख्तियारले लगाएको छ। उनको समपत्ति लुकाउनका लागि सहयोग गर्ने केहीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने जग्गा खरिदका क्रममा खड्काले व्यापक अनियमितता गरेको आरोप लागेको थियो ।

Facebook Comments Box