पाँचौं साफ महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीले तयारी तीव्र

विराटनगर/   मोरङको विराटनगरमा फागुन २८ गतेदेखि हुने पाँचौं साफ महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीले तयारी तीव्र पारेको छ । यसअघि काठमाडौं र सुनसरीको इटहरीमा तयारी गरेको नेपाली टोली अहिले विराटनगरस्थित डिएभी स्कुलको खेल मैदानमा अभ्यासरत छ। गत महिना भारतको केरलामा भएको हिरो महिला कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको टोली उच्च मनोबलमा छ। सार्कका छ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ। टोलीका मुख्य प्रशिक्षक हरि खड्का अभ्यास गर्ने लामो समय मिलेको हुँदा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्छन्। भारतमा भएको खेलमा भएका कमजोरीलाई सच्याउँदै साफ च्याम्पियनसिपमा जित्ने लक्ष्य रहेको उनले बताए ।

बिहिबार, २३ फागुन, २०७५, बिहानको ०९:२५ बजे

सम्बन्धित खवर