‘आज पनि सुन्दरी प्रतियोगिताजस्ता महिला होच्याउने कार्य अस्तित्वमा हुनु विडम्वना हो’

सन् २०१५ को ‘मिस युनिभर्स’ को फिनाले टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहदाँ उद्घोषकले गलत विजयीको नाम घोषणा गरिदिए ।

मिस युनिभर्सको क्राउन लगाएर दर्शकतर्फ हात हल्लाइरहेकी ‘मिस कोलम्बिया’ तब स्तब्ध भइन् जब उद्घोषकले आफूबाट गल्ती भएको खुलाए । त्यसपछि उनको ताज झिकेर वास्तविक विजयी ‘मिस फिलिपिन्स’लाई लगाइयो ।

धेरैले यसलाई सुन्दरी प्रतियोगता इतिहासकै लज्जास्पद क्षणका रुपमा व्याख्या गरे । तर प्रतियोगिताको खास लज्जास्पद कुरा भने अर्कै थियो । २१ औँ शताब्दीमा पनि ‘सास’ र ताज जित्नको लागि महिलाहरुलाई विकिनीमा हिँडाइनु कति लज्जाको विषय हो ।

प्रतियोगितामा उद्घोषक स्टिभ हार्भेले एक आकर्षक महिलालाई अर्कोबाट छुट्याउन नसकेको झण्डै कवितात्मक लाग्छ । किनकि मिस युनिर्भस, मिस अमेरिका, मिस वल्र्डजस्ता प्रतियोगिता कुनै हिसावमा पनि वैयक्तिक छैनन् । भनिँदा नै सहभागीहरुलाई कुनै राज्य अथवा देशको प्रतिनिधित्व गर्न आएका प्रतिक भनिन्छ ।

खासमा यस्ता प्रतियोगितामा महिलाहरुको व्यक्तित्व नामेट हुन्छन् । उनीहरु मध्ये जो कोहीले अर्कोको ठाँउ लिन सक्छन् । यस्तो लाग्छ सहभागीहरुमध्ये को कोठाको सबैभन्दा चम्किलो ‘वस्तु’ हुने अधिकारका लागि होडबाजी गरिरहेका हुन्छन् ।

प्राचिन कालदेखि संसारभरका समाज महिलाहरुको छुट्टै व्यक्तित्व रोक्ने कर्ममा लाग्यो । मानव समाज इतिहासको लामो समय महिलाको स्वतन्त्र व्यक्तित्वबाट भयभित भइरह्यो । सुन्दरी प्रतियोगिताले मानव इतिहासको त्यही कुरुपतालाई वर्तमानमा बोकिरहेको छ र सम्भवतः अझै लामो काल बोकी हिँड्नेछ ।

एकथरीले सुन्दरी प्रतियोगिताले सहभागीको सशक्तिकरण गराउन सघाउँछ भन्ने तर्क राख्छन् । तर यस्ता प्रतियोगिताको मूल उद्देश्य पित्तृसत्ताले महिलाहरुका लागि निर्धारण गरेका ‘नैतिकता’लाई मलजल गर्नु हो । यसको प्रशस्त उदाहरण भेटिन्छ ।
सुन्दरी प्रतियोगिता आकर्षक, एकदमै थोरै शरीर ढाकेका महिलाहरुलाई पुरुषहरुका मनोरञ्जनको लागि एकै स्थानमा भेला गराउने अवसर होइन भन्नेहरुको तर्क धेरै पहिले नै पर्दाफास भइसकेको छ ।

‘मिस अमेरिका’ जस्ता प्रतियोगिताले भर्खरका युवतीहरुको लागि कलेज छात्रवृत्तिमा ठूलो रकम खर्च गर्छ भनेर लामो समयदेखि दावी गरिँदै आएको छ । तर, त्यसबारे गरिएको खोजमा भने दावी गरिएको भन्दा निक्कै थोरै रकम मात्र छात्रवृत्तिमा खर्च भएको देखिएको छ ।

सुन्दरी प्रतियोगिताहरुमा अधिकांश प्रतियोगीले गर्ने कुल खर्च विजयीहरुले पाउने पुरस्कारको योगभन्दा निक्कै बढी पर्न आउँछ । विजयीले पाउने रकमले उसको व्यक्तिगत भागको खर्च उठाउन सहयोग त गर्ला । तर बाँकी प्रतियोगीहरुको हकमा भने प्रसिद्धीको लोभमा परेर तिनले पहिरन, केश–सज्जा, मेक–अप, प्रवेश शुल्क आदी गरेको खर्चले तिनलाई आर्थिक भार पार्ने गर्छ । यी सबै खर्च तिनीहरु आफैले व्यहोर्नु पर्ने हुन्छ ।

एकदमै भावशून्य स्वीमसुट प्रतिस्पर्धालाई बिर्सदाँ पनि प्रतियोगिताकै नीति र नियमहरु पनि यस्ता हुन्छन् जसले स्पष्ट रुपमा महिलाको महत्त्व तिनका यौनिकता र नारी सौन्दर्यको एकदमै साँघुरो मापनभित्र तिनले गर्ने प्रर्दशनमा निर्भर रहेको मान्छन् ।

एकथरीले सुन्दरी प्रतियोगिताले सहभागीको सशक्तिकरण गराउन सघाउँछ भन्ने तर्क राख्छन् । तर यस्ता प्रतियोगिताको मूल उद्देश्य पित्तृसत्ताले महिलाहरुका लागि निर्धारण गरेका ‘नैतिकता’लाई मलजल गर्नु हो । यसको प्रशस्त उदाहरण भेटिन्छ ।

सन् १९९९ सम्म ‘मिस अमेरिका’ प्रतियोगीहरुको ‘शुद्धता’ जाँच गरिन्थ्यो । त्यस अन्तर्गत सम्बन्ध–विच्छेद भएका अथवा एबोर्सन भएका महिलाहरुलाई प्रतियोगितामा भाग लिन प्रतिबन्ध थियो । सो नियम हटाइए पनि अझै प्रतियोगीले कडा पितृसत्तात्मक ‘नैतिकता’ पालना गर्नु पर्ने नियमावली संसारका सबै सुन्दरी प्रतियोगितमा हुन्छन् ।

सन् २००२ मा ‘मिस नर्थ क्यारोलिना’ रेवेका रेभेल्सका प्रेमीले उनको अन्तरङ्ग तस्विर लिएको बाहिरिएपछि जबरजस्ती उनको ताज खोसियो । अर्को घटनामा सन् २००६ मा ‘मिस युएसए’को रुपमा विजयी भएपछि केन्टुकीकी तारा कोन्नर क्लब गएर रक्सी पिएर सम्भवतः यौन क्रियाकलापमा संलग्न भएपछि विवादमा तानिइन् । उनी विवाद तानिनु मात्रले पनि सुन्दरी प्रतियोगीता विजयीहरु एक वयस्क महिलाले तिनको समाजमा गरिने आम मनोरञ्जनबाट वञ्चित भएर पितृसत्तात्मक नैतिकतामा कायम रहनुपर्छ भन्ने देखाउँछ ।

यी घटनाको संकेत यही हो कि सुन्दरी प्रतियोगिता वर्तमान पुरुष नैतिकतालाई कायम राख्ने हतियार हो ।

कोन्नरको घटनामा ‘मिस युएसए’का तत्कालिन मालिक डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा कोन्नरलाई माफी दिएको बताए । त्यसपछि ट्रम्पले कोन्नरलाई रक्सीको लत छुटाउन पुनःस्थापना केन्द्र पठाइएको बताए ।

फेरि, एक सन्दर्भमा ट्रम्पले कोन्नरलाई पुरुषहरुको लागि प्रकाशित हुने वयस्क म्यागजिन ‘प्ले–वाई’को लागि तस्विर खिच्न ‘अनुमति’ दिने बारे सोचिरहेको बताएका थिए ।

उनको कुराले यस्तो लाग्छ मानौँ सुन्दरी प्रतियोगीताका विजयीहरु तिनका मालिकले चाहेसम्म चाहीँ शरीर प्रदर्शन गर्न सक्छन् ।

सन् १९९६ देखि २०१५ सम्म ‘मिस युएसए’ र ‘मिस युनिभर्स’जस्ता सुन्दरी प्रतियोगिताका दुई प्रतिष्ठित प्रतियोगिता डोनाल्ड ट्रम्पको स्वामित्वमा थियो ।

डोनाल्ड ट्रम्प आफै महिलाहरुलाई ‘यौनका लागि मात्र हुन्’ भन्दा बढी सौच्दैनन् भनेर अमेरिकी राष्ट्रपति चुनाव केही दिन अघि बाहिरिएको उनको एक अडियोले संकेत गर्छ । त्यस अडियोमा उनी एक टिभी प्रस्तोतासँग पैसा हुने पुरुषलाई महिलालाई जे गर्न नि छुट हुन्छ भनिरहेका सुनिन्छन् । प्रस्तोताले जिज्ञासामा ‘जे पनि?’ भनेर सोध्दा ट्रम्पले ‘यौनाङ्ग समाउन पनि’ भन्छन् ।

महिला समानतामा धेरै प्रगति भइसक्दा पनि हाम्रो वरिपरि अझै यस्ता धेरै कुरा छन् जसले हामीलाई अझै यस लक्ष्य कति टाढा छ भनेर सम्झाइ रहन्छन् । अझै महिलावादीहरु दसकौं अघि लडिरहेकै ज्याला भिन्नता र यौन हिंसाजस्ता उही ठूला मुद्दाहरुसँग लडिरहेकाले पनि पार गर्नुपर्ने बाटो सम्झाउँछ ।

आज संसारका कयैन मुलुकका कार्यकारी प्रमुख पदमा महिला पुगिसकेका छन् । साथै सांस्कृतिक रुपमा महिलावाद इतिहासकै सबैभन्दा बलियो अवस्थामा छ । यस्तो अवस्थामा पनि मानव समुदायले सुन्दरी प्रतियोगिताजस्तो स्पष्ट रुपमा महिलालाई होच्याउने र पतित चीजको अन्त्यको मार्ग पहिल्याउन नसक्नु ठूलो विडम्वना हो ।

आइतबार, २४ चैत, २०७५, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर